Fri, 14 Aug, 2020


३३ मध्ये १५ जलविद्युत् कम्पनीको सेयरमूल्य अंकित मूल्यभन्दा कम
फरकधार / साउन १७, २०७७


नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत  भएका ३३ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा जलविद्युत कम्पनीको सेयरमूल्य अंकित मूल्य (१ सय रुपैयाँ) भन्दा कम रहेको छ । पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइमा नपरेकाले पनि जलविद्युत् कम्पनीको सेयरमा मूल्यमा कमि आएको हो । १५ ओटा कम्पनीमध्ये सबैभन्दा कम सेयरमूल्य खानी खोला हाइड्रोपावर कम्पनीको रहेको छ । 



 

गत हप्ता धेरै जसो जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ५५ मा पुगेको छ । यसरी हेर्दा लगानीकर्ताले कम मूल्य भएका कम्पनीको शेयर मूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइन्छ । 

नेप्सेमा सूचीकृत ३१ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा कम्पनी बाहेक बाँकी कम्पनीको शेयर मूल्य रू. १०० भन्दा बढी रहेको छ । सबैभन्दा बढी शेयर मूल्य भएको जलविद्युत् कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९५ रहेको छ ।

 

पछिल्लो समयमा प्राथमिक बजारमा पनि जलविद्युत् कम्पनीको शेयर विक्री हुन छाडेको छ । माउण्टेन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने लगानीकर्ता नभएपछि बारम्बार स्थगित हुँदै आएको छ भने लिवर्टी इनर्जी कम्पनीको आईपीओमा लगानीकर्ताको आर्कषण नै कम देखिन्छ । 

 

नियामक निकायको अभाव र हाइड्रोपावर कम्पनीको भित्रको आर्थिक सुशासन राम्रो नहुँदा यो क्षेत्रमा लगानीकर्ताहको आर्कषण कम भएको देखिन्छ  ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्