Wed, 05 Aug, 2020


विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार
एजेन्सी
फरकधार / साउन १७, २०७७

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या छ लाख ८३ हजार ३८९ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जानकारी दिएको छ । सङ्गठनका अनुसार शनिवारसम्म विश्वभर संक्रमितको संख्या एक करोड ७७ लाख ७८ हजार ६४६ पुगेको छ ।



 

सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा उपचाररत ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको छ ।

 

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ । 

 

त्यस्तै, युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ । एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । 

 

अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्