दिल्ली क्यापिटल्सले दियो नेपाली क्रिकेट टिमलाई बधाइ

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सम्मिलित इण्डियन प्रिमियर लिग (आइपिएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएको छ ।

नेपालले एकदिवसीय क्रिकेटको खेलेको दुई वर्ष पुगेको उपलक्ष्यमा दिल्लीले आज ट्विट गर्दै बधाइ दिएको हो । 

‘आजको दिन राइनोज तथा गोर्खालीहरुका लागि ऐतिहासिक दिन हो । किनकि, दुई वर्षअघि आजकै दिन सन्दीप लामिछाने तथा तथा नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो’, दिल्लीले लेखेको छ ‘यो ऐतिहासिक दिनमा सबैलाई धेरै–धेरै बधाइ ।’

नेपालले सन् २०१८ मा आजकै दिन अर्थात १ अगस्टमा आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्याण्ड्सविरुद्ध खेलेको थियो । जसमा सन्दीपको समेत योगदान रहेको थियो ।

 
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १५:१४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया