कलाकार आचार्यको गाईजात्रा गीत ‘तिमी के को जान्ने’  सार्वजनिक

वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाईजात्रा गीत सार्वजनिक गरेका छन् । गाईजात्रा आउनै लागेको बेला हरिवंशकै शब्द, स्वर तथा संगितमा तयार भएको गीत सार्वजनिक भएको हो । 

गीतले राजनीतिक र समसामयिक विषयमा व्यङ्ग्य गरेको छ । शक्तिमा रहेको नेताको शैली, उसको चाकडी र आफूलाई सबैभन्दा ठूलो ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ ।

आचार्य नेताको भूमिका रहेको भिडियोमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, शुष्मा कार्कीलगायतले अभिनय गरेका छन् ।
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १५:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया