काठमाडौं उपत्यकामा शनिबार थप ६ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमित काठमाडौंका पाँच र भक्तपुरका एक जना रहेका छन् । शनिबार देशभर ३ सय १५ जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ ।
कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार शनिबार ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।