देउवाले भेटे इनफ इज इनफका अनशनकारीलाई

इनफ इज इनफले उठाएका सकारात्मक मागप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन  गरेको छ । शनिबार वसन्तपुरमा अनशनरत इनफ इज इनफका ईलगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले  तुरुन्त माग सम्बोधन गर्नुपर्ने बताए ।

 

‘नेकपा सरकारले उहाँका माग पूरा गर्नुपर्छ,’ उनले भने, ‘उहाँलाई बचाउनुपर्छ । कोरोनाबाट पनि मान्छे मर्न दिन हुन्न । यो अभियानमा हाम्रो ऐक्यवद्धता छ ।’ इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडको समेत कांग्रेसले भर्त्सना गरेको सभापति देउवाले बताए ।

 

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्नेमा जोड दिए । इनफ इज इनफले पिसिआर परीक्षणको दायरा वृद्धिलगायत विभन्न माग राखेर आन्दोलनका कार्यक्रम जारी राखेको छ ।
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १७:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया