गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । शनिबार नवलपुरमा प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेतासमेत रहेका गुरुङले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग्नु समस्याको समाधान नभएकोमा जोड दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले अब सहमतिमै एकता महाधिवेशन गर्ने र महाधिवेशन नहुँदासम्म पार्टीमा दुईजना नै अध्यक्ष रहनेगरी सहमति गर्नु आवश्यक रहेको चर्चा गरे । पाँच वर्षका लागि ‘म्यान्डेट’ पाएको सरकारलाई बीचैमा हटाउँदा जनतामा राम्रो सन्देश नजाने भन्दै मुख्यमन्त्री गुरुङले पार्टीको विवादले जनतामा समेत नकारात्मक सन्देश जाने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।