चेल्सीलाई हराउँदै आर्सनलले जित्यो १४ औं एफए कप उपाधि
फरकधार / १८ साउन, २०७७

आर्सनलले १४ औं एफएकप उपाधि आफ्नो नाममा गराएको छ । गएराति भएको लण्डन डर्बीमा १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले पराजित गर्दै आर्सनल च्याम्पियन बनेको हो ।

लण्डनस्थित वेम्ले स्टेडियममा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएरे एमेरिक औबामेयाङले गर्दा चेल्सीका लागि क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए ।

सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले ९ औं एफएकप उपाधि जित्नबाट बञ्चित हुनुप¥यो । खेलको ५ औं मिनेटमा नै ओलिभर जिरुडको पासलाई सदुपयोग गर्दै पुलिसिकले चेल्सीलाई अग्रता दिलाएका हुन् ।

२८ औं मिनेटमा चेल्सीका डिफेन्डरले आफैंलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीको अवसरलाई औबामेयाङले सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए । ६७ औं मिनेटमा औबामेयाङले निकोलस पेपेको पासलाई सदुपयोग गर्दै आर्सनललाई अग्रता दिलाए ।

खेलको ७३ औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित बन्यो । माटियो कोभासिचले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्नु प¥यो । ग्रानिट साकालाई फल गरेपछि रेफ्रिले कोभासिचलाइ दोस्रो पहेलो कार्डसँगै रातो कार्ड देखाएका थिए ।

सन् १८७१–७२ सुरु भएको एफए कपमा आर्सनल सर्वाधिक सफल टोली हो । उसले पहिलो एफए कपको उपाधि १९२९–३० मा तथा पछिल्लोपटक २०१६–१७ मा हात पारेको थियो । आर्सनल १४ पटक विजेता बन्दा ७ पटक उप–विजेतामा सिमित बनेको छ ।

छैटौं पटक उप–विजेतामा चिक्त बुझाएको चेल्सीले ८ पटक एफए कपको उपाधि उचालेको छ । 

  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ६:२९:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया