लकडाउनका कारण अभिनेत्री कंगना रनौत आजकाल आफ्नो पुर्ख्यौली घर मनालीमा छिन् । जहाँ उनले हालै गोलीबारीको आवाज सुनेको दाबी गरेकी छिन् । अभिनेत्रीले अबेर राती प्रहरीमा ऊजुरीसमेत दिएको भारतीय मिडियाहरुले बताएका छन् ।
जि न्युजका अनुसार सूचना पाउने बित्तिकै प्रहरी कंगनाको घर पुगेको छ । तर, अनुसन्धान गर्दा कुनै प्रमाण भेटिएन ।
यद्यपि, कंगनाको घरको सुरक्षा भने बढाइएको छ । प्रहरीको एक समूह कंगनाको घरको सुरक्षामा तैनाथ गरिएको छ । कंगनाले आफूलाई कसैले डर देखाउने कोसिस गरिरहेको बताएकी छिन् ।
सुशान्त सिंह राजपूतको आत्महत्यापछि कंगना लगातार आफ्नो बयानका लागि चर्चामा छिन् । बलिउडमा नेपोटिजम हाबी रहेको र त्यसैका कारण सुशान्तले आत्महत्या गरेको उनले बताउँदै आएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।