कोरोनाभाइरसः अक्टोबरमा नागरिकलाई भ्याक्सिन दिने तयारी गर्दैछ रुस

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सरकारल अक्टोबर महिनामा नागरिकका लागि कोरोनाभाइरस भ्याक्सिन दिने योजना बनाएको बताएका छन् । यसका लागि अहिले विशेष अभियान सुरु भइसकेको उनले बताएका छन् ।

रुसी मिडियाका अनुसार मिखाइल मुराश्कोले सबैभन्दा पहिले चिकित्सक तथा शिक्षकलाई कोरोनाभाइरस भ्याक्सिन दिने सरकारले तयारी गरेको जानकारी पनि दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले नाम नखुलाइ सुत्रको हवाला दिँदै रुसको सम्भावित कोरोनाभाइरस भ्याक्सिनलाई यही महिना मन्जुरी लिने उल्लेख गरेको छ । 

तर, अहिले रुसले बनाइरहेको यो कोरोनाभाइरसबारे पनि निकै धेरै जिज्ञासाहरु उठेका छन् । कतिपयले त यसमा आशंका पनि जनाएका छन् । उनीहरुका अनुसार रुसले जुन रफ्तारमा यो भ्याक्सिनको विकास गरेको छ, त्यसले समस्या बढी हुनसक्ने सम्भावना देखाएको छ ।

शुक्रबार मात्रै अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भनेका छन् कि रुस र चीनले मानिसहरुलाई भ्याक्सिन दिनु पहिले यसबारे सबै परीक्षणहरु गर्नु पर्ने हुन्छ । ‘सुरक्षित छ भन्ने पहिले निश्चित हुन जरुरी छ,’ उनले भनेका छन् ।

त्यसो त अहिले रुस र चीनमा मात्र होइन, कोरोनाभाइरस भ्याक्सिनको विकास अन्य देशहरुमा पनि भइरहेको छ । कतिपय देशमा यसको क्लिनिकल ट्रायल पनि सुरु भएको छ । अहिलेसम्म २० वटा भ्याक्सिनको मात्र क्लिनिकल ट्रायल भएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १०:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया