उत्तर प्रदेशमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरानाभाइरस संक्रमणका कारण निधन भएको छ । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उनको लखनउमा रहेको अस्पतालमा उपचार भइरहेको थियो । आइतबार विहान उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गरेका छन् । उनले आइतबारका आफ्ना कार्यक्रमहरु स्थगित पनि गरेका छन् ।
कमला रानी उत्तर प्रदेश सरकारकामा प्रविधि तथा शिक्षामन्त्री थिइन् । उनले २०१७ मा भाजपाबाट निर्वाचन जितेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।