सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज करिव तीन घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले कुनै ठोस सहमति नभएको नेकपा उच्च स्रोतले जनाएको छ । सोमबार पुनः छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा सचिवालय सदस्य झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागि थिए । यद्यपि, कुनै निष्कर्ष भने निस्कन सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।