काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
विभिन्न संगठनले लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो ।
न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो ।
गत साउन ५ गतेदेखि त्रिविमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेविसंघलगायतले ताला लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।