कोरोना संक्रमणका विश्वभर ६ लाख ८९ हजारको मृत्यु

एजेन्सी– कोरोना भाइरस संक्रमणका कारण आइतबार दिउँसोसम्म विश्वभर ६ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएकोे छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार हालसम्म विश्वभरमा कोरानाका कारण मृत्यु हुनेको संख्या ६ लाख ८९ हजार ७० पुगेको छ । 

त्यसैगरी कुल संक्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । 

सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । 

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना संक्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । 



भारतीय उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।



उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित भएका छन् । यो सँगै कुल संक्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ । 

  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १६:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया