लमजुङ– लमजुङको बेसीशहर नगरपालिकामा थप ३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ ।
उच्च ज्वरो आएपछि जिल्ला सामुदायिक अस्पतालमा पुगेका तीनैजनामा डेंगुको संक्रमण देखिएको हो ।
संक्रमितहरू बेसीसहर नगरपालिका– ३ का १७ वर्षीया महिला, बेसीसहर नगरपालिका– ९ का २१ वर्षीय पुरुष र बेसीसहर नगरपालिका– ८ का २९ वर्षीय पुरुष छन् ।
यसअघि गत असार ३० गते क्व्होलासोंथर गाउँपालिका– २ की २९ वर्षीया एक महिलामा डेंगु देखापरेको थियो । उनी भने उपचार पछि डिस्चार्ज भएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।