मेलबर्नमा ३० भन्दा बढी नेपालीलाई कोरोनाभाइरस संक्रमण

पछिल्ला केही दिन अष्ट्रेलियाको भिक्टोरियामा लगातार कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । त्यहाँको सरकारले लगातार कोरोनाभाइरस संक्रमित बढिरहेपछि कडा लकडाउन लगाउने भएको छ ।

केही दिन यता मात्र कोरोनाभाइरस संक्रमित थपिएपछि भिक्टोरियाको राजधानी मेलबर्नमा कर्फ्यू लगाउन थालिएको छ । 

भिक्टोरिया नेपालीहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । त्यहाँ अहिले कोरोनाभाइरस संक्रमणको चपेटामा नेपालीहरु पनि परेको समाचार आउन थालेका छन् । तर, पछिल्लो समय एकिन संख्यामा कति नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको छ भन्ने खुल्न सकेको छैन । 

तर, कोरोनाभाइरस संक्रमितको संख्या हेर्दै जाँदा त्यहाँ कम्तिमा पनि ३० नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १८:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया