गत वर्ष डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको विश्व महामारी कोरोनाभाइरस (कोभिड १९)का कारण अब विश्वभर कम्तिमा पनि १ करोड ७९ लाख ६५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् ।
जोन्स हप्किङ्स विश्वविद्यालयले जारी गरेको नयाँ तथ्यांकअनुसार कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभर ६ लाख ८७ हजारले ज्यान गुमाएका छन् ।
पछिल्लो तथ्यांअनुसार अहिलेसम्म कोरोनाका कारण अमेरिकामा ४६ लाख ६५ हजार जना संक्रमित भएका छन् । सबैभन्दा धेरै संक्रमितको सूचीमा रहेको दोस्रो देश ब्राजिलमा २७ लाख ७ हजार ८ सय ७७ जना संक्रमित भएका छन् ।
भारत यो सूचीको तेस्रो नम्बरमा रहेको छ । भारतमा अब कोरोनाभाइरसका कारण १७ लाख ५० हजारभन्दा धेरै संक्रमित भएका छन् । रुस र दक्षिण अफ्रिकामा क्रमशः ८ लाख ४९ हजार २ सय ७७ र दक्षिण अफ्रिकामा ५ लाख ११ हजार ४ सय ८५ जना संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला केही साता यता कोरोना संक्रमितको संख्या थप बढ्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।