९० मिनेटमा नै कोरोनाभाइरस संक्रमण भए नभएको थाहा दिने प्रविधिको प्रयोग बेलायतले अर्को साताबाट गर्ने भएको छ ।
बेलायती स्वास्थ्यमन्त्री म्याट हानककले दिएको जानकारीअनुसार यो प्रविधिबाट कसैलाई कोरोनाभाइरस संक्रमण भए नभएको थाहा ९० मिनेटमा नै हुनेछ । यसले अन्य फ्लू र कोरोनाभाइरसबारे फरक छुट्याउन पनि सहयोग गर्ने बताइएको छ ।
स्वास्थ्यमन्त्री म्याटले यो निकै फाइदाजनक हुने पनि बताएका छन् ।
अहिले विश्वभर प्रयोग भएका कोरोनाभाइरस परीक्षण विधिमा कोरोना संक्रमण भए नभएको थाहा पाउन कम्तिमा पनि २४ घन्टा लाग्छ । केही परीक्षणमा त यो कम्तिमा पनि ४८ घन्टा लाग्ने गरेको छ ।
अर्को साताबाट बेलायतले कम्तिमा पनि पाँच लाख नयाँ र्यापिड स्वाब टेस्टका लागि किटहरु उपलब्ध गराउने र त्यसका लागि कम्तिमा पनि ५ हजार मेसिन देशभर लैजाने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।