जनै पूर्णिमामा विदा दिन सरकारलाई राप्रपा अध्यक्ष थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन विदा दिनुपर्ने माग गरेका छन् । रक्षाबन्धन बाँधिरहेका पारिवारिक​तस्बिरहरु ट्विटरमा आज शेयर गर्दै उनले आगामि वर्षदेखि सरकारले सार्वजनिक विदा दिनुपर्ने बताएका हुन् ।

‘सनातन धार्मिक साँस्कृतिक परम्परामा आजको दिनको ठूलो महत्व छ । आज रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी, वेद जयन्ती, राखी, संस्कृत दिवस र क्वाँटी खाने दिनका रूपमा मनाउने प्रचलन छ’, थापाले लेखेका छन् ‘यस पावन दिनलाई सरकारले आगामि वर्षदेखि सार्वजनिक विदा दिनु उपयुक्त हुन्छ ।’

सरकारले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिनको विदा करिब तीन वर्षअघि कटौती गरेको थियो । यद्यपि, कुनै–कुनै प्रदेश सरकारले भने यस दिन विदा दिने गरेका छन् ।

 
 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १३:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया