अनलाइन कक्षाका लागि एनसेलले गर्यो  प्याब्सन र एनप्याब्सनसँग सहकार्य

एनसेलले अनलाइन कक्षा सञ्चालनका  लागि निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)सँग सहकार्य गरेको छ । कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको अवस्थालाई दृष्टिगत गर्दै अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजनासहित सहकार्य गरेको एनसेलले जनाएको छ ।

 

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको बताइएको छ ।

 

एनसेलको मासिक योजनामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्ने छन् । विद्यार्थीले करबाहेक मासिक रू. २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी–फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्ने बताइएको छ ।

 



एनप्याब्सन र प्याब्सनले  एनसेलसँगको सहकार्यले विद्यार्थीलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
 



  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १४:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया