साढे सात अंकले बढेको बजारमा १ अर्ब २९ करोडको कारोबार

आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक देखिएको छ । सोमबार नेप्से हरियो बन्दा कारोबार रकमले समेत साथ दिएको छ  । पछिल्लो समय राम्रा कम्पनीको  सेयर मूल्यसमेत सस्तिएकाले विस्तारै लगानीकर्ता बजारतर्फ आकर्षित हुँदै जाने अनुमान  विश्लेषकले गरेका छन् ।

 

सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ विन्दुमा पुगेको छ । १९० कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर खरिदबिक्री भएको छ । 

 

कुल १२ समूहको सेयर कारोबार भएकामा ३ वटा बाहेक बाँकी सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा धेरै बढ्नेमा  जीवन बिमा समूह  रहेको छ, जसको सूचक ५८.७४ अंकले बढेको छ ।

 



सोमबार वाणिज्य बैंक समूह पनि ७.०५ अंकले उकालो लागेको छ । अजोड इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको  बजारमा दिव्यश्वरी हाइड्रोपावरको मूल्य ६.९० प्रतिशतले घटेको छ । 

 



रकमका आधारमा प्रभु बैंक संस्थापक सेयर अगाडि छ भने दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्  । 

  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १६:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया