प्रदेश १ मा थपिए ५७ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका छन् । झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा कोरोना संक्रमित भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । 

 

सोमबार मोरङमा मात्र ४६ संक्रमित भेटिएका छन्, जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका छन् ।  त्यस्तै, सुनसरीका ५ जनामध्ये धरानका १ जना, इनरुवाका १ जना र इटहरीका ३ जना रहेको बताइएको छ । 


त्यस्तैगरी, झापाको बिर्तामोडका १ जना र अर्जुन धाराका ५ जना गरी ६ जना संक्रमित भेटिएका छन् । 

कोरोना संक्रमित हुनेमा १८ जनामहिला तथा ३९ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घन्टामा हालसम्मकै बढी संक्रमित भेटिएका हुन् ।  
 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १६:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया