काठमाडौंमा कार्टुनमा फालिएकी बालिकाः पैसा कमाउन रचिएको नाटक !

१२ साउनमा काठमाडौंको एउटा घटना युट्युब र समाचार पोर्टलहरुमा निकै छायो । त्यसमा भनिएको थियो– काठमाडौंमा कार्टुनमा फालिएकी एक बालिका भेटिइन् । 

फरकधारले पनि १४ साउनमा यो घटनाबारे एक रिपोर्ट बनाएको थियो । 

हामीले त्यति बेला यो समाचार तयार पार्न केयर चाइल्ड अर्फानेज नामको बालगृहकी सन्चालिका पुष्पा अधिकारीसँग सम्पर्क गरेका थियौँ ।

उनले आफ्नो बालगृहका बालबालिकाले बच्चा भेटेको र आफूले त्यो बच्चालाई संरक्षण दिएको बताएकी थिइन् । बच्चा माग्न केही मानिसहरु आए पनि आफूले नदिने पनि उनले बताएकी थिइन् ।

तर, यो घटनामा अब अर्को खुलासा भएको छ । खासमा पुस्पा अधिकारीले हामीलाई मात्र होइन, सबैलाई झुक्याएकी रहिछिन् । खासमा ती बालिका कार्टुनमा भेटिनु त एउटा नियोजित नाटक पो रहेछ ।

काठमाडौंको कपनमा फालिएर यो घटना रचिएको त खासमा पुस्पा र ती बालिकाकी आमाले पैसा कमाउनका लागि पो रहेछ !



अहिले केही युट्युब च्यानलहरुमा पुस्पाले यो कुरा स्वीकार गरेको भिडियो आइसकेको छ । उनले प्रहरीकहाँ पुगेर यो स्वीकार गरेकी छिन् कि यो उनले रचेको एउटा नाटक मात्र थियो ।

र, पैसा कमाउनका लागि उनले यो सब गरेको पनि खुलेको छ । अहिले बाहिरिएको भिडियोमा उनले भनेकी छिन्, ‘मैले एउटा महिला भएर अर्की महिलालाई सहयोग गर्न यस्तो गरेकी हुँ ।’ उनले यी बालिका वैदेशिक रोजगारीमा गएकी एक महिलाको भएको पनि बताएकी छिन् । ती महिला कोरोनाभाइरस महामारीपछि सरकारले उद्धार गरेर नेपाल ल्याएका महिलामध्येकी एक भएको बताइएको छ । 



अहिले ती महिला पनि अर्को कुनै संस्थामा बसेकी भनिएको छ । उनको परिचय गोप्य पनि राखिएको छ ।

यी दुईले नै योजना बनाएर यो घटना बनाएका रहेछन् । 

अब यी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती महिलाले आफ्नी शिशु पनि लिएर गएको सिसिटिभी फुटेजहरुमा देखिएको छ ।

  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार २३:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया