बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष १४ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले पीडित परिवारले उजुरी दिएपछि वडाध्यक्ष पक्राउ गरिएको जनाएको छ । 

उनीमाथि परिवारले यसअघि पनि बारम्बार विवाह गर्छु भन्दै बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । ४७ वर्षका वडाध्यक्षलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ७:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया