आज पनि वार्ता गर्दै ओली–प्रचण्ड, सहमति हुने सम्भावना कति ?
फाइल तस्वीर ।

पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता हुने भएको छ । 

यसअघि सोमबार बसेको वार्तामा यी दुवै नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् । 

१० असारमा सुरु भएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा माग गरेपछि चरम उत्कर्षमा पुगेको विवाद मिलाउने जिम्मेवारी पार्टीले दुई अध्यक्षलाई दिएको छ । तर, पछिल्ला दुई दिनका वार्तामा यी दुई अध्यक्षबीच कुनै पनि विषयमा सहमति जुट्न सकेको छैन । 

ओलीले केही समयअघि प्रस्ताव गरेको अर्ली महाधिवेशनमा दुवै पक्ष सकारात्मक भए पनि अहिलेको विवाद कहाँबाट टुङ्ग्याउने भन्नेमा यी दुई अध्यक्षबीच अहिलेसम्म सहमति हुन नसकेको हो । 

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले पहिले स्थायी कमिटी बैठक बोलाउनु पर्ने माग गरेका थिए । तर, अर्का अध्यक्ष ओलीले भने अहिले सचिवालय बैठक गरेर यसको निर्णय स्थायी कमिटी बैठकमा लैजानु पर्ने माग राखेका छन् । 

‘दुवै अध्यक्ष पार्टी एकतालाई जोगाउनु पर्छ भन्नेमा हुनुहुन्छ, त्यसैले पछिल्ला वार्ता सकारात्मक हुन थालेका हुन्,’ नेकपा स्रोतले फरकधारलाई जानकारी दिएको छ, ‘तर, अहिलेको जे विषयमा दुई अध्यक्षबीच अडान कायम हुन थालेको छ, यसले आजकै बैठकमा सहमतिमा पुगिएला भन्ने अनुमान गर्न कठिन छ ।’





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ८:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया