रूपन्देहीमा आज बिहान आफ्नै शरीरमा आगो लगाउने युवकको मृत्यु भएको छ । देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आज बिहान मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित क्वारेन्टिनमा गार्ड रहेका २४ वर्षीय विपिन बस्यालको मृत्यु भएको हो ।
रूपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि गम्भीर अवस्थाका बस्याललाई पाल्पाको मिसन अस्पतालतर्फ लगिँदै गर्दा आज बिहान करिब सभा ९ बजे उनको मृत्यु भएको हो ।
मृतक युवक देवदह नगरपालिका –५, मितेरी टोलका हुन् । उनी मानसिक रोगी तथा लागुऔषधका दुर्व्यसनी पनि भएको भए पनि आगो लगाउनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।