वामदेवलाई भेटेर फर्किए प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । उपाध्यक्ष गौतमलाई भेट्न प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका थिए ।

दुई नेताबीच नेकपा विवाद समाधान उपाय खोज्नेबारे करिब एक घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । उनीहरूबीच पार्टीभित्र गहिरिँदै गएको सङ्कट व्यवस्थापन गर्न नयाँ रोडम्याप, एकता र सहमतिको विन्दू पहिल्याउने विषयमा कुराकानी भएको स्रोतले बतायो । प्रचण्ड र गौतमबीच आज बिहान ११ बजेबाट संवाद सुरु भएको थियो ।

गत महिना भैंसेपाटी गठबन्धनमार्फत प्रचण्डको कित्तामा उभिएका नेता गौतम अहिले पार्टी एकताका लागि भन्दै मध्यमार्गी भूमिकामा उभिएका छन् । कित्ताकाट गरेर जाँदा पार्टी विभाजनको दिशातिर अग्रसर हुने भन्दै गौतमले एकताको ६ बुँदे प्रस्ताव अघि सारेका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १२:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया