सुनको मूल्य लाखनजिक
मंगलबार ९९ हजार ८ सयमा कारोबार हुँदै

नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको मूल्य मंगलवार ९९ हजार ८ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

 

सोमवार स्थिर रहेको मूल्य आइतबारको तुलनामा मंगलवार ३ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 यसैगरी मंगलवार तेजाबी सुन भने ९९ हजार ३ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



अन्तरराष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानी मान्दै माग बढेका कारण नेपाली बजारमा पनि  सुनको मूल्य निरन्तर उकालो लागेको व्यवसायीले बताएका छन् ।



  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १३:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया