दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित थपिए

दक्षिण कोरियामा कोरोना संक्रमित बढेका छन् । यहाँ पछिल्लो २४ घन्टामा ३४ जना कोरोना संक्रमित थपिएको जनाइएको छ ।

योसँगै दक्षिण कोरियामा मंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४ सय २३ पुगेको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थपिएको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

यहाँ पछिल्लो साता हरेक दिन कम्तीमा पनि ५० जना सङ्क्रमित थपिएका बताइएको थियो ।  यसरी यहाँ थपिएका सङ्क्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति रहेको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्ति परेको बताइएको छ । 

यहाँ यस सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको दक्षिणकोरियाको स्वास्थ्य मन्त्रालयले बताएको छ । यहाँका सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १४:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया