नेत्रविक्रम चन्द समूहका नेता लेखक पक्राउ

दार्चुला प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ ।

यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १९:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया