ओली-दाहाल छलफल विनानिष्कर्ष सकियो, लगानी बोर्डमा भट्टको नियुक्तिबारे चर्काचर्की
फरकधार / २० साउन, २०७७

काठमाडौं– नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार साँझ भएको छलफल विनानिष्कर्ष सकिएको छ । 



नेकपाभित्रको विवाद समाधानका लागि भन्दै दुई अध्यक्षबीच मंगलबार साँझ पनि बालुवाटारमा छलफलले निरन्तरता पाएको​ थियो । आजको छलफलमा ओली र दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । 

छलफलमा प्रचण्डले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा आपत्ति जनाएका थिए । पार्टीमा छलफल नगरी विवादित व्यक्ति नियुक्ति गरिएको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग आपत्ति जनाएका​ थिए । दाहालको भनाइमा खनालले पनि समर्थन गरेका थिए ।

छलफलका क्रममा खनाल र दाहालले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरेका थिए । तर, ओली स्थायी कमिटी बैठक राख्ने विषयमा असहमत भएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।



नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । दुई अध्यक्षबीच मंगलबार भएको छलफलले पनि स्थायी समिति बैठकको मिति टुंगो लगाउन सकेन ।

  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार २०:६:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया