कोरोनाका कारण नेपालमा थप दुईसहित ६० जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने दुवैजना पर्साका हुन् ।  

मृत्यु हुनेमा पर्साको पोखरिया ९ की १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

झाडापाखालाबाट ग्रस्त १८ वर्षीय किशोरीको साउन १९ गते उपचारका लागि नेसनल मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको थियो । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको हो । 

त्यस्तै, ४६ वर्षीय पुरुषको साउन २१ गते वीरगन्जकै अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेहका रोगी थिए । ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना उनको उपचारका क्रममा मृत्यु भएको हो । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया