जिउँदो हुने विश्वासमा लास पाँच दिनसम्म घरमै

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मानिस मरेको पाँच दिनसम्म लास घरमै राखिएको छ ।  जिउँदो हुने विश्वासमा राखिएको शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीय दीपक चौधरीको घरभित्र शव राखिएको थियो ।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । मुटुका बिरामी शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा कोहलपुरमा उपचारपछि घर फर्केका थिए ।

उनको घरमै मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए ।

प्रहरी पुगेपछि शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
 





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १९:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया