सरकारले कोरोना नियन्त्रणका लागि भएको खर्चको साप्ताहिक विवरण दिने

काठमाडौं– स्वास्थ्यसचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिइने जानकारी दिएका छन् । 

सरकारले बन्दाबन्दीको नयाँ मोडालिटी तय गर्न लागेको जानकारी गराउँदै उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताए । कोरोना साबधानीका लागि सवारी साधनमा जोरबिजोर लागू गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र  विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको जानकारी दिए ।

मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पिसिआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए । उनले समुदायस्तरमा महामारी नफैलिए पनि वीरगञ्जमा लोकल ट्रान्समिसन (क्लष्टर अफ केसेस) पाइएको स्वीकार गरे । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडियालाई रचनात्मक सुझाव एवं पृष्ठपोषणका लागि आग्रह गरे ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २०:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया