सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ । यो विवाद उत्कर्षमा पुगेसँगै नेताहरुले आआफ्ना गुटलाई निकै सक्रिय बनाएका छन् ।
यहीबीच अहिलेको विवाद साम्य पार्नका लागि पछिल्लो समय नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफललाई तीव्रता पनि दिएका छन् । तर, यी दुई नेताबीच बुधबार हुने भनिएको भेट हुन सकेको थिएन ।
बुधबार स्थगित भएको भेट बिहीबार (आज) गर्ने भनिएको छ । तर, पछिल्लो समय देखिएको विवादमा यी दुई नेताले छलफलबाट निष्कर्ष निकाल्नेमा निकै कमले आशा देखाएका छन् ।
यहीबीच अध्यक्ष ओलीसँग भेट्नुअघि प्रचण्डले नेकपा नेता सुवास नेम्वाङसँग भेटवार्ता सुरु गरेका छन् ।
‘खुमलटारमा नेम्वाङ आउनु भएको छ, उहाँहरु दुईबीच वार्ता सुरु हुँदैछ,’ प्रचण्ड सचिवालयका एक सदस्यले फरकधारलाई जानकारी दिए, ‘यो वार्तापछि दुई अध्यक्षको भेटघाट हुनसक्ने सम्भावना छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।