कोरोनापछि चीनमा अर्को भाइरस, ७ को मृत्यु

चीनमा एक नयाँ संक्रामक बिमारीका कारण सात जनाको निधन भएको छ । यो भाइरसका कारण ६० जनाभन्दा बढी संक्रमित भएर उपचार गराइरहेका छन् । 

अहिले विश्व महामारी बनेको कोरोनाभाइरसपछि चीनमा यो नयाँ भाइरस देखिएको हो । चिनियाँ सरकारी मिडियाले बुधबार यो जानकारी दिएका छन् कि यो पनि मानिस मानिसबीच संक्रमण हुन सक्ने भएकाले चीन सरकारले चेतावनी जारी गरेको छ । 

पूर्वी चीनको जियांग्सु प्रान्तमा यो भाइरस देखिएको हो । त्यहाँमात्र यो भाइरसका कारण अहिले ३७ जनाभन्दा बढी संक्रमित भएका छन् ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको अन्हुई प्रान्तमा यो भाइरसका कारण २३ जना संक्रमित भएका छन् । यो भाइरस सुरुमा त्यहाँ एक महिलालाई दखिएको र उनलाई ज्वरो र खोकीको लक्षण देखिएको बताइएको छ । 

यसका कारण उनको शरीरमा ल्युकोसाइट र प्लेटलेट्स कम भएको चिकित्सकहरुले पत्ता लगाएका छन् । एक महिना उपचार गरेपछि उनलाई अस्पतालबाट त डिस्चार्ज गरिएको छ तर चिकित्सकहरुले यो भाइरस निकै द्रुत गतिमा फैलिन सक्ने बताएका छन् ।

तर, यो नयाँ भाइरस भने होइन । चिनियाँ मिडिया ग्लोबल टाइम्सको रिपोर्टअनुसार अन्हुई प्रान्तमा यो भाइरस सन् २०११ मा नै देखिएको थियो । अहिले पछिल्लो समय चाहिँ यो भाइरसका कारण त्यहाँ सात जनाको मृत्यु भएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार ८:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया