विराटनगरमा १३ जना नयाँ कोरोनाभाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । यीमध्ये पाँच जना महिला रहेका छन् ।
पछिल्लो समय समुदायमा कोरोनाभाइरस संक्रमण देखिएपछि विराटनगरमा लकडाउन लगाइएको छ ।
बुधबार राति आएको परीक्षणको रिपोर्टअनुसार विराटनगरमा १३ कोरोनाभाइरस संक्रमित थपिएका हुन् । थपिएका यी संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भएको छ ।
योसँगै अब विराटनगरमा मात्र ८३ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।