प्रचण्डसँगै परिवारका सदस्य र सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ
फरकधार / २२ साउन, २०७७

काठमाडौं— नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीसँगै परिवारका अन्य सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको छ । 



उनको बाहिरी सुरक्षा घेरामा खटिएका ६ सुरक्षाकर्मीमा भने कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले बाहिरी घेरामा खटिने ६ सुरक्षाकर्मीमा भने कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएकी छिन् । 

अध्यक्ष दाहाल परिवारलगायत ५३ जनाले कुपण्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा कोरोना परीक्षण गराएका थिए । 



  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १६:४४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया