कोरोना संक्रमण आशंकामा प्रदेश १ का कानुनमन्त्री कार्की आइसोलेसनमा

विराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । 

केही दिनअघि काठमाडौंमा प्रदेश प्रहरी व्यवस्थापनसम्बन्धी छलफलमा सहभागी प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्की होम आइसोलेसनमा बसेका हुन् । कार्की पनि सो छलफलमा सहभागी थिए । 

मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले मन्त्रीनिवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १७:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया