केन्द्र सरकारले लकडाउन गर्दैनः प्रवक्ता खतिवडा

काठमाडौं– अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले संघीय सरकारले बन्दाबन्दीबारे नसोचेको बताएका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता खतिवडाले सो जानकारी दिएका हुन् । 

यद्यपि, जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले  लकडाउनको निर्णय लिन सक्ने उनले बताए ।

उनले सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नभएको भन्दै सचेत रहन आग्रह गरे । 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १८:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया