भारतमा कोरोना संक्रमित २० लाखभन्दा बढी, तेस्रो सबैभन्दा बढी प्रभावित देश

कोरोनाभाइरस संक्रमणको आधारमा भारत अब तेस्रो सबैभन्दा बढी प्रभावित देश बनेको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर २० लाख पुगेसँगै भारत सबैभन्दा प्रभावित तेस्रो मुलुक बनेको हो ।

पछिल्लो २४ घन्टामा भारतमा ५८ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यसका साथै अब भारतमा २० लाख २१ हजार ४ सय ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

पछिल्लो बीस दिनमा मात्रै भारतमा १० लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

अब अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भारतमा पुगेका छन् । 

भारतमा कोभिड १९ का कारण ४० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । कोभिड १९ का कारण मृत्यु हुने मानिसको संख्याको आधारमा अब भारत पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ८:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया