पहिराेमा पुरिएर आमा छाेरीकाे मृत्यु

पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमाछोराको मृत्यु भएको छ ।

बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसनचन्दले बताए ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरीचौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ९:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया