बर्दिया– बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति पास भएका गाडी भने चल्ने दिइनेछ ।
त्यसैगरी, स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।