काभ्रेमा एक युवतीद्वारा क्वारेन्टाइनमा आत्महत्या

काभ्रे— काभ्रेमा एक युवतीले क्वारेन्टाइनमा आत्महत्या गरेकी छिन् ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ की २१ वर्षीया युवतीले क्वारेन्टाइनस्थलमा आत्महत्या गरेकी हुन् । 

ती युवती झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी साउन १७ गते दुबईबाट फर्किएकी थिइन् ।

युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । 

स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १७:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया