प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीसहित उनीनिकट नेता र सचिवालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । 

बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र प्रदेश २ का मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीलगायतको पिसिआर परीक्षण गरिएको हो । 

शुक्रबार प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका  विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको पिसिआर परीक्षण गरिएको बालुवाटार स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १८:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया