कमेडीमा कमब्याक गर्दै सुनिल

भारतीय हास्य कलाकार सुनिल ग्रोबरले नयाँ टेलिभिजन सोबाट हास्य क्षेत्रमा कमब्याक गर्ने भएका छन् । कोरोना महामारीको अन्त्यसँगै ग्रोबर आफ्नै कार्यक्रममार्फत् टेलिभिजनमा फर्किन लागेका हुन् । 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ग्रोबरले सञ्चालन गर्ने कार्यक्रमको नाम ‘ग्याङ्स अफ फिल्मिस्तान’ रहनेछ भने स्टार भारत टेलिभिजनबाट प्रसारण हुने भएको छ । 

नयाँ कार्यक्रमबारे बोल्दै उनले भने, ‘‘मलाई कोरोनाभाइरसको भ्याक्सिन कसरी बनाउने भन्ने थाहा छैन । तर, कसरी मानिसहरूलाई मनोरञ्जन दिने त्यो आउँछ ।”    

सुनिल ग्रोबरको उक्त कार्यक्रमको पहिलो एपिसोडमा उनी देखिने छैनन् । ग्रोबरले पहिलो शृङ्खलामा अरूको प्रदर्शन हेर्ने जानकारी दिएका छन् । 

‘द कपिल शर्मा सो’ मा डाक्टर गुलाटीका रुपमा जमेका ग्रोबर शर्मासँग खट्पट् भएपछि बाहिरिएका थिए । त्यसपछि उनी कुनै कार्यक्रममा देखिएका छैनन् ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया