उपप्रधानमन्त्री पोखरेल–बंगलादेशी राजदूत शिष्टाचार भेट

काठमााडौं– बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेकी छिन् । 

सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा पाँच दशकदेखि नेपाल र बंगलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेको  रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै छिन् । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २०:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया