कति प्रभावकारी होला कोरोना भ्याक्सिन ? डा. फाउची भन्छन्....

अमेरिकाका वरिष्ठ कोरोनाभाइरस विशेषज्ञ तथा ह्वाइट हाउसमा कोरोनाभाइरस टास्क फोर्सका सदस्य डा. एन्थनी फाउचीले कोरोनाभाइरस भ्याक्सिन संक्रमित हुने खतरा साठी प्रतिशतसम्म हुने बताएका छन् । उनले त्यसैले पनि अब यो सार्वजनिक स्वास्थ्यको चासो भएको पनि बताएका छन् । 

यो महामारी नियन्त्रणका लागि अब यो जरुरी भएको पनि उनको ठहर छ । 

कोरोनाभाइरस भ्याक्सिनबारे चाहिँ अहिलेसम्म यो कति प्रभावकारी होला भन्नेबारे केही भन्न नसकिने उनले बताएका छन् । 

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा अब ४९ लाख संक्रमित पुगेका छन् । त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजारभन्दा बढी भएको छ ।

अब भ्याक्सिनबारे आएको उनको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ६:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया