लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता कोरोनाभाइरस संक्रमित भएका छन् ।
उनी स्वयंले आफ्नो सामाजिक सन्जालमा लेख्दै यो जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल फेसबुकमा आफूहरुले सतर्कता अपनाउँदा अपनाउँदै कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।
अमेरिकाको मेरिल्यान्डका लागि नेपाल सरकारका महावाणिज्यदूतसमेत रहेका महत अहिले आइसोलेसन बसेका छन् । आफ्नै घरको एक कोठामा आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।