रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देहीमा एक कार दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक पनि रहेका छन् । घटनामा अन्य एक घाइते भएका छन् । 

लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा पर्दा कारका चालक २६ वर्षका देवेन्द्र चौधरीसहित अन्य दुईको निधन भएको हो । घटनाका अन्य दुई मृतकको परिचय खुल्न बाँकी छ ।

परासीबाट भैरहवा जाँदै गर्दा कार गए राति अनियन्त्रित भइ दुर्घटनामा परेको हो । घाइतेको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ८:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया